वेत्रावतीमा पितृ तर्पण गरिने दुई दिन गरिने

Posted on: January 13, 2021 | views: 113

विदुर । नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौष कृष्ण औंशीको अबशरमा दिवंगत व्यक्तिको नाममा पितृ दर्पण अर्थात श्राद्ध गर्नेहरुको उल्लेख्य सहभागिता कायमै रहेको छ । तिथीमा देखिएकोगढको कारण हिजो मंगलबार र आज बुधबार दुई दिन नै पितृ तर्पण अर्थात श्राद्ध गर्न सकिने पण्डितहरुले बताएका छन् ।

धार्मिक एवं पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर विभिन्न स्थानमा रहेका हिन्दु र बाद्ध धर्मालम्बीहरुले मंगलबार पहिलो दिन उत्तरगयाधाम वेत्रावतीमा पुगेर पितृ तर्पण अर्थात श्राद्ध गर्ने गरेका छन् । 

पौषे औंशीको अबशरमा मुलुकको विभिन्न स्थलबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिण्ड तर्पण गर्न पवित्र तिर्थस्थल उत्तरगया धाममा पितृहरुको नाममा श्राद्ध गरेका छन् । हिन्दु धर्मालम्बीहरुको मुख्य चार धाम मध्ये नेपालमा रहेको एक मात्र उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी र श्रद्धालुहरुले बताएका छन् । 

अघिल्लो वर्षहरुमा पाच हजारले श्राद्ध गर्ने गरेकोमा यो वर्ष कोरोनाको कहरको कारण केही घटेपनि मंगलबार हिजो र आज बुधबार दुई दिन नै तिथी रहेकाले त्यत्ति नै सङ्ख्यामा श्रद्धालुहरु आउने अपेक्षा गरिएको उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ ।

हिन्दु धर्मालम्बीहरुको मुख्य चार धाम मध्येको महत्वपूर्ण नेपालको एक धामका रुपमा रहेको उत्तरगया क्षेत्र  त्रिशुली, सलाँखु र फलाँखु नदीको त्रिबेणी एंव नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ्ग, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।