लाइसेन्स वितरण पारदर्शी बनाउन ट्राफिकको ध्यानाकर्षण

Posted on: January 12, 2021 | views: 111

विदुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरण  प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको  छ । 

यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षा पारदर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव समेत दिएको छ । प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने भन्दै परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि जान रोकेर तत्कालै सुधार हुनुपर्ने जनाएको छ । ट्राफिक प्रहरी परीक्षा सञ्चालनको अनुगमन तथा अवलोकनमा सहभागी नहुने भएसगैँ लिखित र प्रयोगात्मक परीक्षा समेत रोकिएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीका अनुसार यातायात विभागसँग छलफल भएपनि समस्याको समाधान हुन बाँकी रहेको छ ।