मच्छिन्द्रनाथलाई बुङ्मती २९ गते लगिने

Posted on: September 07, 2020 | views: 379

पुल्चोक । रथयात्राका लागि जावलाखेलमा राखिएका रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मती लैजाने साइत भदौ २९ गतेका लागि जुरेको छ । मच्छिन्द्रनाथका ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजान भदौ २९को साइत निकालेका हुन् । कोरोनाको जोखिमका कारण रथजात्रा छोट्याउँने सहमतिअनुसार सोमबार साइत हेरिएको हो ।  यसअघि आइतबार  रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने आज ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाइरहेका छन्  । २९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती पु¥याएर त्यसको चौथो दिनमा बिचा पूजा गरेपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।