समृद्ध नुवाकोटबाट बौद्धिक अपाङ्ग केन्द्रका बालबालिकालाई सहयोग

Posted on: December 02, 2019 | views: 1418

विदुर । समृद्ध नुवाकोट नामक साामजिक सञ्जालबाट सहयोग पुर्याउन क्रियाशिल फेसबुक पेजको बार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाको अवसरमा  समृद्ध नुवाकोटका अभियान्ताहरुले विदुर नगरपालिका वडा नं. ५ स्थित माझिटारमा रहेको बौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकाहरुलाई खाना खुवाएको समृद्ध नुवाकोटका अभियान्ता एबम् संस्थापक दिपेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो। 

साथै यस संस्थामा रहेका अभियान्ताहरुले आफुले खाजा खाने पैसा संकलन गरेर सामाजिक कार्यमा खर्च गर्दै आएकाले आगामी दिनमा त्यसलाई थप व्यबस्थित रुपमा निरन्तरता दिने कार्यक्रमका सभापति सञ्जय भट्टले बताउनुभयो।