चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा स्वागत

Posted on: October 12, 2019 | views: 5230

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमै स्वागत गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विमानमै पुगेर चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुभएको हो । साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारीले स्वागत गरेपछि अहिले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीलाई स्वागत गर्दै हुनुहुन्छ । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न मन्त्रीहरु पनि विमानस्थलमा पुगेका छन् ।

विमान अवतरण गरेको झण्डै २० मिनेटपछि मात्र चिनियाँ राष्ट्रपति विमानबाट ओर्लनुभएको हो ।