कुमरीको एनसेल टावरमा आगो लगाएको अभियोगमा रमण पक्राउ

Posted on: September 17, 2019 | views: 19034

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ मा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द समूहमा आबद्ध एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यहाँको पञ्चकन्या गाउँपालिका–५ का २५ वर्षका प्रनिल पौडेल (रमण) रहेका छन् । रमणलाई लिखु गापा–६ स्थित छहरे बजारबाट नियन्त्रणमा लिएर अनुसन्धानको लागी जिल्ला अदालतबाट पाचदिन थुनामा राख्न सोमबार अनुमति लिइएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।


प्रहरीको अनुसार बा. ५८ प १३६२ नं.को मोटरसाइलकमा यात्रा गरिरहेका रमणलाई नियन्त्रणमा लिएर जिल्लामा विप्लव समूहबाट भएका आपराधिक क्रियाकलापका घटनामा अनुसन्धान अघि बढाइएको छ ।
रमण र विप्वल समूहका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल अशोक एउटै मोटरसाइकलमा चढेर छहरे बजारबाट थानापतीतर्फ जाने क्रममा मोटरसाइकलले दुर्घटना भएर रोकिएपछि उद्धारको लागी प्रहरी पुगेको थियो । प्रहरीलाई प्रतिकार गर्दै अशोक भाग्न सफल भएका हुन भने रमणलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।


रमणमाथी हाल गत साउन १६ मा बेलकोटगढी नपा–४ को एनसेल टावरमा आगजनी गरेको अपराधको अभियोग प्रहरीले लगाएको छ ।
रमण विप्लव समूहको जिल्ला सदस्य एवम् उक्त समूहको युवा संगठनका उपाध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।