बाढीबाट पीडित परिवालाई तादी गाउँपालिकाकाे सहयाेग

Posted on: July 22, 2019 | views: 6337

खरानीटार । नुवाकोटकाे तादी गाउपालिका वडा नं २ मा गत असार १९ गते घट्टे खोलाले बगाएर मृत्यु भएको देबकृष्ण तामाङ र बेपत्ता हुनुभएका बिनोद तामाङको परिवारलाई सहयाेग स्वरुप तादी गाउँ कार्यपालिकाले रु २५००० हजार सहयाेग गरेकाे छ ।

पीडित परिवारलाइ गाउपालिका अध्यक्ष नारायण पाण्डे, उपाध्यक्ष ईश्वरि उप्रेती, प्रमुख प्रसासकिय अधिकृत अशोक बिष्ट  र वडा अध्यक्ष बच्चुराम तामाङले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे । उक्त रकम पीडित परिवारलाई थोरै भए पनि राहत महसुस भएको स्थानीय युवा प्रदीप शर्माले बताउनुभयाे ।

बाढीले बगाएर बेपत्ता बनाएकाे मध्ये देवकृष्णकाे शव दुइदिन पछि भेट्टिएकाे थियाे भने बिनाेद अझै बेपत्ता छन् ।