बेलकोटगढीका सव-इञ्जिनीयर घुस रकम सहित समातिए

Posted on: June 08, 2019 | views: 9289

काठमाडौ । नुवाकोटकाे बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

भण्डारी बालाजुस्थित गुराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।
यस सम्बन्धि थप विवरण साेमबार सार्वजनिक गर्नेे अख्तियारले जनाएको  ।