बेलकोटगढी नगरपालिका वडा नं. ९ को वडा कार्यालय भवन शिलान्यास

Posted on: May 10, 2019 | views: 4988

जिलिङ । बेलकोटगढी नगरपालिका वडा नं ९ को वडा कार्यालयको नयाँ भवन निर्माणको लागी शुक्रबार नलगाँउमा शिलान्यास गरिएको छ । नयाँ भवन निर्माणको लागि मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना सहित प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र वडाअध्यक्ष बाबुराम गजुरेलले सयुक्त रुपमा नयाँ भवन निर्माणको लागी शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले स्थानीय सरकार गठन भएपछि जनताका सबै किसिमका समस्या समाधान गराउदै अघि बढेकाले नयाभवन बनेपछि सेवा थप गुणस्तरीय हुने बताउनुभयाे । उहाँले नगरवासीमा यसअघिका पीडा हटाउन आफुहरु जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर आएपछि सुधारहुँदै गएको अनुभूति दिलाउनतर्फ हर समय कृयाशिल भईरहेकाले कतै केही गुनासा भए त्यसकाे जानकारी नगर कार्यालयलाई गराउन आग्रह गर्नुभयो । मेयर खनालले बेलकाेटगढी नगरमा मापदण्ड निर्धारण गरेर सडक विस्तारमा दुर्त गतिमा काम अघि बढाईरहेकाले विकासको लागि जनताको माग अनुसार करोडौका योजनाहरु अहिले कार्यान्वयनमा रहेकाे बताउनुभयो ।

यस्तै, उपमेयर कविता ढुङ्गानाले नयाँ निर्माण गरिएको वडा कार्यालयमा भवन निर्माणसगै अभाव रहेकाे कर्मचारी, फर्निचर लगायत अावश्यक उपकरणकाे ब्यबस्थापन गर्न नगरपालिकाकाे कार्यालय प्रतिबद्ध रहेकाे बताउनुभयाे । उहाँले नगरपालिकाको १३ वटा वडा मध्ये विभिन्न नौ वटा वडामा कार्यालय अभाव रहेकाेमा यो आर्थिक वर्षमा वडा नं ९ सहित थप चार वटा वडामा कार्यालयको भवन निर्माण अघि बढाउन प्रक्रिया सुरु भैसकेकाे बताउनुभयाे ।

उममेयर ढुङ्गानाकाे अनुसार यो अावमा चारवटा नयाँ भवन निर्माण गर्न लागिएकोमा वडा नं १२ को भवन गत मंगलबार शिलान्यास भैसकेको क्रमश थप वडाहरु वडा नं ४ र ५ काे भवनहरुको पनि शिलान्यास गरेर अागामी असार भित्रै नयाँ भवनमा कार्यालय भवन सञ्चालनमा अाउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले नगरबासी जनताकाे लागी अति अावश्यक देखिएको भूकम्पले लडेका संरचनाकाे पुर्ननिर्माण, सडक विस्तार, खानेपानी लगायतकाे विकास निर्मार्णमा नगर कार्यालय क्रियाशील रहेकाे बताउनुभयो । उहाँले नगरपालिकामा बजेटको श्रोत प्रयाप्त रहेकाले तर्जुमा गरिएका योजनाको पारदर्शी एव गुणस्तरीय रुपमा काम गर्न नगरबासीलाई आग्रह गर्नुभएकाे छ ।

भवन शिलान्यास कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष बाबुराम गजुरेलले नयाँ निर्माण गरिएको नगरपालिकामा विकास निर्माणको लागि धेरै चुनौतिका बिच नगर र वडाहरुको कार्यालय सञ्चालन, बस्तिहरुमा सडक निर्माण, भूकम्प पछिको पुर्ननिर्माणमा सकृय भएर अाफूहरु लागिपरेको बताउनुभयो । उहाँले वडाबाट प्रवाह हुने सेवा सरल बनाएर अघि बढाउदै आएकाले वडाका सबै वस्तीमा सामानरुपमा वितरण तथा उपलब्ध गराउन प्रतिबद्ध रहेकाे उहाँको चनाइ छ ।

कार्यक्रममा वडा नं ८ वडाअध्यक्ष भाेजप्रसाद पुडासैनी, वडा नं १० का पूर्णबहादुर त्रिपाठी लगायतको सहभागिता रहेको थियो ।

वडा सचिव बिरेन्द्र बहादुर बोहोराको अनुसार चारकोठा पक्कि भवन निर्माणको लागी पिएन निर्माण सेवालाई जिम्मेवारी दिइएको छ । उक्त प्रालीले रु ३५ लाख रुपैयाँमा बनाउने जिम्मेवारी पाएको हो । निर्माण थालिएको भवन यही असार मसान्तभित्रै पूरा गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयकाे सेवा भवन अभावमा हाल भाडाकाे कनेठाबाट सञ्चालन हुँदै अाइरहेकाे छ ।