राष्ट्रिय स्वंयम सेवक नेपालकाे दाेश्राे जनचेतनामूलक कार्यक्रम गंगबुमा सम्पन्न

Posted on: May 04, 2019 | views: 7893

काठमाडौ । काठमाडौंकाे गाेंगबु स्थित बिजि मल अगाडी राष्ट्रिय स्वंयम सेवक नेपालकाे आयोजनामा शुक्रबार जननचेतनामूलक कार्यक्रम गरेकाे छ ।

"जय देशको नाराले मातृभुमिको संरक्षण गरौं साराले" भन्ने नारा सहित शान्ती, उन्मुक्ति आर्थिक सम्बृदी र सामाजिक न्यायको लागी राष्ट्रिय स्वंयमसेवक बन्न आब्हानकाे लागि उक्त कार्यक्रम गरिएकाे बक्ताहरुले बताएका छन् । शान्तिपुर्ण आग्रहको बाटाेबाट अघि बढ्दै राष्ट्रको निकास र बिकासको लागि राष्ट्रिय स्वंयमसेवक बनाउन गत शुक्रबारदेखि सुरु गरिएकाे संयाेजक श्रीराम घिमिरेले बताउनु भयाे ।


कार्यक्रममा सँस्थाका  महासचिव पुरुषोत्तम गजुरेल, प्रबक्ता सफलता बोगटी, कोषाध्यक्ष गायत्रि दाहाल, सहकोषाध्यक्ष सरिता पन्डित लगायतमा बक्ताहरुले सिङ्गाे देश बचाई राखौ, देशका भष्टचारिलाई कार्बाहीकाे दायरामा ल्याउन जनदबाब सृजनाकाे लागि सुरु भएकाे अभियान मुलुकभर पुर्याइने र त्यसमा म समुदायकाे साथ र सहयाेगकाे वश्कता रहेकाे बताएका थिए ।