'बडामहाराजा'हरुले श्री ५ को सरकार भनेजस्तै राष्ट्रपतिले २१ पटकसम्म भनिन मेरो सरकार

Posted on: May 03, 2019 | views: 7968

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांश निकै चर्चाको विषय बनेको छ । भण्डारीले प्रयोग गरेको मेरो सरकारले राजतन्त्रमा राजाले प्रयोग गर्ने शब्‍दको स्मरण गराएको भन्दै टिप्पणी भइरहेको छ ।

भण्डारीले संसदलाई सम्बोधन गरिरहँदा २१ पटक ‘मेरो सरकार’ प्रयोग गरिन् । ‘संघीय संसदकामाननीय सदस्यहरू....' भन्दै सुरू भएको सम्बोधनमा पहिलो पल्ट ‘मेरो सरकार’ प्रयोग भएको वाक्य हो, “राष्ट्रिय कार्यभार पूरा गर्न मेरो सरकार काम गर्दैछ, नतिजा ल्याउँदैछ र अघि बढ्दैछ ।” यसपछि पनि २० पटकसम्म मेरो सरकार वाक्यांश प्रयोग भयो ।

सरकारले पहिलो वर्ष हासिल गरेको उपलब्धि वा के-कस्तो योजना ल्याउँदै भन्ने दुवै विषयमा राष्ट्रपतिले मेरो सरकार वाक्यांश प्रयोग गरेकी हुन् । यसक्रममा राष्ट्रपतिबाट ‘मेरो सरकार’ वाक्यांश प्रयोग भएका वाक्यहरु निम्नरुपमा क्रमबद्ध छन् ।

२) संविधान कार्यान्वयनमा सिङ्गो राष्ट्रलाई एकजुट बनाउन मेरो सरकार सफल भएको छ ।
३) मेरो सरकारले लिएका आर्थिक नीतिहरूको कार्यान्वयनबाट उत्साहजनक परिणाम देखिन थालेको छ ।
४) मेरो सरकारले शासकीय स्वच्छता अभियान सञ्चालन गरेको छ ।
५) आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ ।
६) माननीय सदस्यहरू, समृद्धिको इतिहास रच्ने आधार वर्षमा हासिल गरिएका उपलब्धिहरूको जगमा नेपालको संविधान, पन्ध्रौं योजना र जनतासमक्ष गरिएका प्रतिबद्धताहरूलाई केन्द्रमा राखी मेरो सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७को नीति तथा कार्यक्रमहरू प्रस्ताव गरेको छ ।
७) पूर्वाधारका महत्त्वपूर्ण आयोजनाहरू समयमै सम्पन्न गरी आर्थिक वृद्धिको सुदृढ आधार तयार गर्ने मेरो सरकारको नीति रहेको छ ।
८) माननीय सदस्यहरू, राष्ट्रिय लक्ष्यप्राप्तिमा सम्पूर्ण नेपालीलाई समाहित गरी न्यायपूर्ण सामाजिक–आर्थिक विकास गर्न मेरो सरकारले रूपान्तरणकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नेछ ।
९) मेरो सरकार औद्योगिकीकरणका लागि प्राथमिकताका साथ काम गरिरहेको छ ।
१०) मेरो सरकारले वैज्ञानिक भूमिसुधारका माध्यमबाट भूमि व्यवस्थापनमा रहेका समस्याहरूलाई समाधान गर्नेछ ।
११) मेरो सरकारले सबै उमेरका नेपाली नागरिकको सामाजिक संरक्षणका लागि बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवावस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्नेछ ।
१२) मेरो सरकारले सन्तुलित र अन्तर–सम्बन्धित विकासका लागि योगदान गर्ने क्षेत्रगत कार्यक्रमहरू सञ्चालन गरी समग्र विकास प्रक्रियालाई अघि बढाउने नीति लिएको छ ।
१३) मेरो सरकारले अतिक्रमित सम्पूर्ण सरकारी जग्गाहरू आगामी वर्षभित्र सरकारी कायम गर्नेछ ।
१४) मेरो सरकारले महिलाहरूमा बढ्दो सर्भाइकल क्यान्सर र स्तन क्यान्सरजस्ता रोगहरूको शीघ्र पहिचानको लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकलक्यान्सरविरुद्धखोप कार्यक्रम कार्यान्वयनमा ल्याउनेछ ।
१५) मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिनेछैन ।
१६) मेरो सरकारले असहाय, बेवारिसे, सङ्क्रमित र आश्रयहीन बालबालिकाहरूलाई संरक्षण र हेरचाह गर्नेछ, सक्षम नागरिक बनाई रोजगारीका अवसर उपलब्ध गराउनेछ ।
१७) मेरो सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रवर्द्धन, नेतृत्व विकास र सामाजिक आर्थिक विकासमा परिचालन गर्नका लागि आगामी आर्थिक वर्षमा युवा परिचालन वर्ष सञ्चालन गर्नेछ ।
१८) राज्यको सम्पत्तिमाथि अनधिकृत दोहन गर्ने प्रवृत्तिप्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत भएको छ र हुनेछ ।
१९) नागरिकको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि जुनसुकै प्रकारको हिंसात्मक गतिविधिप्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत हुनेछ ।
२०) प्रशासनिक तथा सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गरी शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न मेरो सरकार दृढ छ ।
२१) मेरो सरकारले समृद्धिको आधार वर्षमा प्राप्त उपलब्धिहरूलाई समुन्नत बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रको तीब्र विकास गरी समृद्ध नेपाल र सुखी नेपालीकोराष्ट्रिय आकाङ्क्षा पूरा गर्नेअठोटका साथ आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ ।
नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनबाट राष्ट्रिय एकता, राष्ट्रिय हित र स्वाभिमान मजबुत हुने, सङ्घीयता संस्थागत हुने, तीब्र दरको आर्थिक वृद्धि हासिल हुने, प्रभावकारी गुणस्तरीय सेवा प्रवाह हुनेछ र नागरिकको सम्मान र संरक्षण हुने राष्ट्रपतिले बताइन् ।