मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना

Posted on: April 22, 2019 | views: 9515

काठमाडौ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । बिमान दुर्घटना भएपनि मानवीय क्षति भने भएको छैन ।
सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।
9Nkk ल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।