पार्किङ गरी राखेको बसमा अकस्मात आगो लागेपछि...

Posted on: April 20, 2019 | views: 7809


काठमाडौ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा पार्किङ गरी राखेको बसमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्बरको गाडीमा आगलागी भएको हो ।

लागुपदार्थ प्रयोग कर्ताहरुले चुरोट खाएर चुरोटको ठुटो फालेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । बसमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाकीँ छ ।