पञ्चकन्यामा मनाइयो उल्लासको साथ नारी दिवस

Posted on: March 09, 2019 | views: 5992

विदुर । अन्तराष्ट्रिय नारी दिवस नुवाकोटको पञ्चकन्यामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
१०९औँ दिवसको अवसरमा पञ्चकन्या गाँउपालिका वडा नं. ३ लप्टनडाँडामा आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले महिला शसक्तिकरणको लागी क्षमता अभिबृद्धिसगै शिक्षा र रोजगारमा समेत सक्षम हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्षमा तामाङले महिला र पुरुषलाई समानताको लागी कानून बलियो भएपनि कार्यान्वयन प्रभावकारी नभएकाले त्यसको लागी गाँउपालिकाले विभेद रहित नीति अवलम्बवन गर्न योजना सहित अघि बढ्न लागेको भन्नुभयो ।



कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सिता पराजुली खड्काले गाँउगाँउमा परम्परागतदेखि रहेको विभेदलाई हटाउन समान कामको समान ज्याला कार्यान्वयन, रोजगारमा महिलालाई प्रथामिकता, शिक्षामा बालिकाहरुको पहुँच सुनिश्चित गर्न विशेष सहयोग र अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो ।


यसैगरी शक्ति समूहका सँस्थापक सदस्य एंव बालसंरक्षक संयोजक चरिमायाँ तामाङले महिला हिंसा न्युनिकरणको लागी महिलाहरु आफै संगठित र एकजुट हुनुपर्ने सुझाब दिनुभयो । उहाँले जोखिममा पर्न सक्ने महिला कमजोर बर्गमा हुने भएकाले उनीहरुको लागी आर्थिक रुपमा सम्मुनत बनाउन स्वरोजगार, जिविकोपार्जन लगायतका कार्यक्रमबाट सम्बोधन गर्न विभिन्न तहमा रहेका सरकार र सँस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयम शिक्षित एंव सम्मुन्नत परिवारका महिला सदस्यहरु पनि देखासिकी र धेरै कमाउने बाहनामा बैदेसिक रोजगारमा जादाँ दुःख पाएकाले मानवबेचविखनमा स्वरुपमा परिवर्तन भएर विद्यमान अबस्था चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा ‘विकास निर्माणमा नारीको सहभागिता’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा  नलिना नेपाली पहिलो हुनुभएको आयोजक नारी जागरण समाजका अध्यक्ष रमा तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतियोगितामा सुष्मा तामाङ, तेश्रो पूजा नेपाली, सान्वनास्थान सदीक्षा कंडेलले हात पार्नुभयो ।




कार्यक्रममा पञ्चकन्या गाँउपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, स्थानीय सामाजिक सँस्थाका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायत दुई हजार स्थानीयबासीको सहभागिता रहेको थियो ।
कार्यक्रममको आयोजना नारी जागरण समाज, परिवर्तनको निमित्त महिला सँस्था, शक्ति समूह, केसिडिसी, अनुशासित सामाजिक उद्यमी महिला सहकारी, आधारशीला सामाजिक उद्यमी महिला सहकारी, सप्तरङ्गी महिला कृषि सहकारी र साना किसान महिला सहकारी रहेको थियो भने गाँउपालिकाले सहयोग पु-याएको थियो ।


पछिल्लो समय महिला सशक्तिकरण तथा महिला समानताको लागी गाँउगाँउमा चेतना बृद्धि गराउन केन्द्रित गरिएको कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक भएको नारी जागरण समाजका अध्यक्ष रमा तामाङले बताउनुभयो । आगामी वर्षदेखि दिवसलाई विशेष रुपमा मनाएर पुरुष र महिलादुवैको सहभागितामा महिला हिंसा, बलत्कार, लैङ्गिक विभेद अन्त्य गराउन प्रयास गर्ने योजना रहेको उहाँको भनाई छ ।