नुवाकोटमा जन्तीबस दुर्घटना हुदाँ पाँचजना घाइते

Posted on: February 13, 2019 | views: 8587

विदुर । काठमाडौमा जन्ती गएर फर्कदै गरेको बस बुधबार साँझ नुवाकोटको शिवपुरी गाँउपालिका–८ थापागाँउमा दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् ।


घाइते हुनेमा दुप्चेश्वर–५ का बासुदेव थापा, रञ्जना खतिवडा, लक्ष्मी खतिवडा, छत्रबहादुर पण्डित र धादिङका रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारको लागी काठमाडौतर्फ लैजान लागिएको छ । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त बसमा जन्ती चढेका थिए भने दुलाह–दुलही अर्कै गाडीमा थिए ।
प्रहरीको अनुसार यहाँको दुप्चेश्वर गाँउपालिका–५ बालकुमारीबाट काठमाडौ जन्ती गएर फर्कदै गरेको बा. २ ख २३८६ नं.को बस साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको हो । अध्यारोमा घुम्तीमा अनियन्त्रित भएर सडकमा पल्टिएको बसले आवतजावत समेत अबरुद्ध बनाएको छ ।

दुर्घटना पश्चात उद्धारको लागी स्थानीयबासी, प्रहरी चौकी छहरे र गुज्रेको टोली खटिएको छ । बसमा करीब चालीस जना जन्ती यात्रारत थिए ।