सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान गयो,सिडियोको अवस्था गम्भीर

Posted on: January 26, 2019 | views: 13899

काठमाडौं । बारामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक एसपी बलराम पोखरेलको ज्यान गएको छ । रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार गाडी कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर पथलैया हुँदै कलैया फर्किन लागेको क्रममा पसहा पूलको पूर्वतिर रोकिएको ट्र्याक्टरमा ठोकिएर ना १ झ १६३३ नम्बरको स्कार्पिओ साँझ साढे ८:३० पल्टेको थियो।  

दुर्घटना हुँदा पोखरेलको घटना स्थलमै ज्यान गएको हो । उक्त सवारीमा रहेका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईकाे अवस्था भने गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।अन्य ३ जना पनि घाइते भएका छन् ।
घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् । भट्टराईकाे बिरग‌ंज अस्पतालमा उपचार भैरहेकाे छ । थप उपचारकाे लागि काठमाण्डाै ल्याउने तयारी भैरहेकाे प्रहरीले जनाएकाे छ ।  सडकमा रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा ठक्कर खाँदा दुर्घटना भएकाे र सवारी अन्दाजी ७ मिटर तल दक्षिण तर्फ खसेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना भएकाे सवारीमा ५ जना यात्रारत रहेका  थिए ।