नुवाकोटको राउतबेसी स्वास्थ्य चौकीमा सुबिधा सम्पन्न ल्याब सेवा सुरु

Posted on: November 27, 2018 | views: 4256

विदुर ।  नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ३ स्थित स्वस्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला (ल्याब सेवा ) संचालनमा आएको छ । गाउँपालिको पहलमा जर्मन सहयोग नियोग जिआईजेडको सहयोगले  प्रयोगशाला सेवा संचालनमा आएको हो ।
जिल्लाकै दुर्गम भेगमा संचालनमा  आएको प्रयोगशालामा लिभर, मृगौला, सुगर, थाईराइट, दिशा पिसाप, खकार र रगत परिक्षण हुने बताइएको  ।
सदरमुकाम भन्दा निकै टाढा रहेको राउतबेसीमा प्रयोगशाला संचालनमा आएपछि दुप्चेश्वर गाँउपालिकाको विभिन्न वडाका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने वडा अध्यक्ष ध्रुवकर केसी केसीले जानकारी दिनुभएको छ ।


यसअघि राउतबेसी स्वस्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट प्रसुति गृह पनि संचालमा आइसकेको छ । गाउँपलिकाका अन्य वडाहरुमा पनि स्वस्थ्य सेवालाई प्रविधिमुलक र सर्वसुलभ बनाउदैँ लैजाने गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङले जानकारी दिनुभएको छ ।