एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Posted on: October 30, 2018 | views: 4623

१३ कार्तिक, पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको  सयुंक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण एवम् ट्राफिक ब्यबस्थापन सम्बन्धी नागरीक सचेतना कार्यक्रम सोमबार स्याङ्जामा सम्पन्न भएको छ ।

प्रहरी चौकीगल्याङ्को कार्यालय परिसरबाट र्याली शुरु गरी बजार परिक्रमा पश्चात कालिगण्डकी यातयात ब्यबसायी संघको हलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले नागरीक सचेतना सम्बन्धि प्रशिक्षण प्रवचन दिनुभएको थियो । उहाँले ट्राफिक प्रहरीको सक्रिय भूमिकाले पछिल्लो समय दुर्घटना न्युनिकरण र यात्रुहरुले सार्वजनिक यातायातमा सहज रुपमा यात्रा गर्न पाएको अनुभव आफूले गरेको बताउनुभयो ।

 
कार्यक्रममा उत्कृष्ट चालक छनोट गरी लु १ज ३१७४ का चालक दुर्गाप्रसाद अर्याल र ग१ज ३१९६ का चालक  दिनेश प्रसाद चालागाईलाई सम्मान गरिएको ४ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्की कार्यालय प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिनुभएको छ । उहाँले प्रदेसको नेतृत्व लिएर जिम्मेवारी बहन गर्न सुरु गरेपछि समग्र प्रदेसको ट्राफिक व्यवस्थापनमा देखिएको सुधार, यात्रुमैत्री सार्वजनिक यातायात, दुर्घटना न्यूनिकरण र नागरिक प्रहरी समन्वय पनि प्रभावकारी हुदै आएको कार्यक्रममा सहभागिले बताएका थिए ।

कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख भुपराज अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ४ का  प्रमुख प्र उपरीक्षक बिरेन्द्रकुमार बश्याल, स्याङ्जाका प्रहरी प्रमुख  प्र उपरीक्षक जयराज सापकोटा सहित शसस्त्र प्रहरी बलका प्रनाउ राष्टिय अनुशन्धान बिभाग स्याङ्जाका प्रनाउ, उद्योग बाणिज्य संघ गल्याङ्का अध्यक्ष, कालिगण्डकी यातायात ब्यबसायी संघको अध्यक्ष,जिल्ला सहकारी संघका अध्यक्ष केशब लम्साल गल्याङ् नपा३ र १० का वडा अधयक्ष  पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले बिभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधी संचारकर्मी, आमा समुह स्थानिय बुद्धिजिबी समाजसेबि भद्र भलादमि, भानुभक्त माबि गल्याङ् र शार्वजनिक माबि गल्याङ्का शिक्षक,शिक्षिका तथा छात्र,छात्रा सवारी धनि चालक तथा सर्वसाधारण गरी दुई सय भन्दा बढीको सहभागिता रहेको थियो ।

र्यालीमा सहभागीले ट्राफिक ब्यबस्थापन सम्बन्धि बोर्डहरु,पर्चा,ब्यानर ,बेल्ट छपाईका सामाग्रि प्रदर्शन गरेका थिए ।