नुवाकोटमा बस दुर्घटना, ५७ जना घाइते, आठ जनालाई काठमाडौ पठाइयो

Posted on: August 15, 2018 | views: 6451

३० साउन, नुवाकोट ।  नुवाकोटको म्यागङ गाँउपालिका वडा नं. २ बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस विदुर नगरपालिका वडा नं. ९ लामाटारमा आज बिहान पौने १० बजे दुर्घटना हुदाँ ५७ जना यात्रु घाइते भएका छन् ।  
दुर्घटना गम्भीर घाइते भएका आठ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाडौ पठाइएको छ । बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुदाँ चालक ज्ञानबहादुर तामाङ सहित ५७ जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।


प्रहरीले तयार गरेको जिल्ला अस्पताल त्रिशूलीमा भर्ना भएका घाइतेहरुको नामावली ।





बाँकी घाइते बाँकी ४९ जनाको जिल्ला अस्पताल त्रिशूलीमा नै उपचार भइरहेको छ ।
प्रहरीको अनुसार घाइते ४० जना पुरुष र १७ जना महिला छन् भने उनीहरु अधिकांश बुङताङ, देउराली र साल्मेका स्थानीय बासिन्दा रहेका छन् ।
त्रिशूलीबाट निर्माण सामाग्रि बोकेर भैरमकोट जान लागेको मिनीट्रकले लामाटारको उकालेमा बाटो नदिएपछि साइट दिन पछि हटेको बस अघिबढ्ने क्रममा सडक भासिएर दुर्घटना हुदाँ करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।