पत्रकारको चुनावमा नुवाकोटमा सिण्डिकेट विरुद्धमा मत जायर

Posted on: May 05, 2018 | views: 5381

नुवाकोट, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचनमा नुवाकोटका पत्रकारले सिण्डिकेटको बिरूद्वमा मत जायर गरेका छन् । प्रदेस पदाधिकारीको लागी भएको निर्वाचनमा नुवाकोटमा निर्वाचन प्रतिनिधि सहित कुल मतदाता १३८ रहेकोमा कुल खसेको मत ६२ मात्र रहेको थियो । जसको गणनाको क्रममा प्रताप विष्टले २९ मात्र पाएका हुन भने उनका प्रतिद्धन्द्धी गिरिजाप्रसाद अधिकारी ३३ ले मत पाएका छन् ।

पत्रकार महासंघको निर्वाचनमा एमाले समर्थित चौतारी, काँग्रेस समर्थित युनियन र माओवादी केन्द्र समर्थित सेन्टरले सिण्डिकेट लादेर विष्ट अध्यक्ष रहेको प्यानला खडा गरी सर्वसम्मतको प्रयास गरेको थियो । सिण्डिकेट प्रथा गलत रहेको भन्दै पत्रकार मार्फत हुने सिण्डिकेट झन घातक रहेको भन्दै अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।

नुवाकोटमा  सिण्डिकेट मार्फत प्रदेस सदस्यमा परेकाहरु समेत मतदानमा सहभागी नभएपछि सिण्डिकेटको विरुद्धमा मतदान गर्ने पत्रकारहको सङ्ख्या धेरै पाइएको हो ।
नुवाकोटमा काँग्रेस समर्थित युनियन, एमाले समर्थित चौतारी र माओवादी केन्द्र समर्थित सेन्टरका जिम्मेवार पदाधिकारीले नै आफ्नो संगठनमा आबद्ध रहेका सदस्यलाई सिण्डिकेटको विरुद्धमा जानु पर्ने भन्दै गिरिजाप्रसाद अधिकारीलाई मत माग्ने तथा आफूले पनि दिएका थिए ।