नेपाली सेनाबाट बृद्धाश्रमलाई ह्वीलचियर प्रदान

Posted on: March 27, 2018 | views: 404

जगदीश खनाल
देवीघाट । नेपाली सेनाले विदुर नगरपालिका–५ स्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई पाँच थान ह्वीलचियर आइतबार प्रदान गरेको छ ।

नेपाली सेनाको कल्याणकारी कोष मार्फत प्राप्त भएको ह्वीलचियर प्रतिष्ठानको बृद्धाश्रमका अशक्त ज्येष्ठ नागरिकको लागी प्रदेस नंं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हस्तान्तरण गर्नुभयो ।
नेपाली सेनाको सामाजिक उत्तरदायित्व अन्तरगत कोषबाट प्राप्त भएको ह्वीलचियर उपलब्ध गराइएको यहाँ स्थित श्रीनाथ गणका गणपति अञ्जन रुपाखेतीले जानकारी दिनुभयो । प्रतिष्ठानमा दुई जना दृष्टिबिहिन सहित आठ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
उनीहरु शारिरीक अशक्त र हिडडुल गर्न सक्ने अबस्था नभएको प्राप्त ह्वीलचियर सयुक्त रुपमा प्रयोग गराउने प्रतिष्ठानले जनाएको छ ।