विकास निर्माणमा राजनीतिकरणका कारण विकास हुन सकेन-अख्तियार प्रमुख
Posted on: December 30, 2017 | views: 858
खोटाङ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ ।
खोटाङको छोरम्बुमा आज आयोजित कार्यक्रममा उहाँले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने बताउनु भयो ।
प्रमुख आयुक्त दीप बस्न्यातले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तारित गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो ।