महोत्तरी मनहर्वा स्थित मुसहर बस्तीमा न्यानो लुगा र खाद्यान्न वितरण

Posted on: December 30, 2017 | views: 749
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ७ मनहर्वा स्थित मुसहर बस्तीमा न्यानो लुगा र खाद्यान्न वितरण गरिएको छ । शितलहरबाट प्रभावित मुसहर बस्तिमा न्यानो बाडिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौंले मनहर्वा मुसहर बस्तिका १ सय दुई परिवारलाई न्यानो लुगा र खाद्यन्न वितरण गरेको हो । चिकित्सालयले शुक्रबार करिब दश लाख रुपैया बराबरको खाद्यन्न र न्यानो कपडा वितरण गरेको थियो । तराईको कठ्याग्रिदो शितलहरबाट बच्न बस्तीका बालबालिका, महिला, पुरुष र वृद्धवृद्धालाई न्यानो हुने कबल, म्याट, ट्रयाकसुट वितरण गर्नुका साथै दन्तमन्जन, चालम जस्ता समाग्री वितरण गरको हुन् । आगोको साहारमा शितलहरमा रात काट्दै आएका मुहसर बस्तीमा न्यानो लुगा र खाद्यन्न वितरण भएपश्चात ६५ बर्षीय लकरी मुसहरले न्यानोले खुशी थपिदिएको बताउनुभयो । यस्तो शितलहरमा जाडोबाट बच्न न्यानो कपडा पाएकोमा आफूहरु एकदमै खुशी भएका बताउनुभयो । मुसहर बस्तिमा न्यानो राहत लिएर पुगेका छत्रपाटी निःशुल्क चिकित्सालयका व्यवस्थान समितिका अध्यक्ष बिजयबहादुर मालीले गरिब तथा विपन्न मुसरलाई सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभएको छ । पुस्तौंदेखी शितलहरको चपेटामा रहेका महोत्तरीको फुलकाँहा स्थित मनहर्वा मुसहर बस्तीका मुसहरले शुक्रबार न्यानो लुगाफाटा पाएका हुन् । महोत्तरीको फुलकाँहा स्थित मनहर्वा मुसहर बस्तीमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक रात बाँस बस्नुभएको थियो । पाँच बर्ष अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मुसहर बस्तीकै सरबसीयाको घरमा बास बसेका थिए ।