भिमफेदीमा गाउँपालिका स्तरीय सहकारी अन्तरकृया

Posted on: December 29, 2017 | views: 945
भिमफेदी । मकवानपुरको भिमफेदी गाउपालिकाका शुक्रबार गाउँपालिका स्तरीय सहकारी सम्बन्धि अन्तरकृया कार्यक्रम भएको छ । गाउँपालिकाको सामाजिम विकास समितिको आयोजनामा भएको कार्यक्रममा गाउपालिकाभित्र रहेका सहकारीका सञ्चालकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, मकवानपुर बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, भिमफेदी गाउपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतले सहजिकरण गरेका थिए । समितिका अध्यक्ष जगतमान घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष सिताराम थापा,जिल्ला युवा परिषदका अध्यक्ष सन्तोष चौँलागाई,पत्रकार कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियोे । भिमफेदी गाउपालिकामा २८ सहकारी संस्था रहेका छन् ।