अब जन्मदर्ता प्रमाणिकरण अस्पतालबाटै हुने

Posted on: December 29, 2017 | views: 1620
धरान । धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डिजिटल सफ्टवेयर मार्फत जन्मदर्ता गरेर सुनसरीको धरानमा अभिलेखिकरण गर्ने काम सुरु भएको छ । प्रविधिको विकाससँगै अब नवजात शिशुको जन्म दर्ताका लागि अभिभावकहरुले उपमहानगरपालिकाको कार्यालय सम्मै धाउन नपर्ने भएको छ । पछिल्लो समयमा अधिकांश गर्भवतीले अस्पतालमै बच्चा जन्माउने भएकाले प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागले शिशु जन्मनासाथ आमा, बाबु र ठेगाना समेत तोकेर यकिन समय सहितको जन्म दर्ता गर्न सुरु गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीले बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियान अन्तर्गत अस्पतालमा जन्मेको बच्चाको जन्मदर्ता गर्ने काम पहिलोपटक प्रदेश नंं १ को धरानबाट शुरुवात गरेको सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले डिजिटल सफ्टवेयरको माध्यमबाट दर्ता गरिएका अभिलेख धरान उपमहानगरपालिकाको पञ्जिकरण शाखामा समेत स्वतस् रेकर्ड रहने भएकोले पनि यो प्रविधि प्रभावकारी हुने बताउनुभयो ।