चिडियाखानामा रातिपनि जिवजन्तु हेर्न पाइने

Posted on: December 29, 2017 | views: 635
काठमाडौं । सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ । यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ । चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ुरात्रिचर जीवु लक्षित ुनाइट गाइडेड टुरुको सेवा दिँदै आएका छन् । १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।