कैलाली र कञ्चनपुरका सिमा स्तम्भको अध्ययन सुरु

Posted on: December 29, 2017 | views: 1008
महेन्द्रनगर । पश्चिम तराइका कैलाली र कञ्चनपुर जिल्लामा रहेका सीमा स्तम्भहरुको स्थलगत अध्ययन सुरु गरिएको छ । नेपाल—भारतको संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्ला स्थित जंगे पिलर र सहायक पिलरको पछिल्लो अवस्थाकाबारे बुझनका लागी बिहिबारबाट स्थलगत अध्ययन शुरु गरेको हो । नेपालका तर्फबाट ४ नम्बर सीमा नापी टोली प्रमुख सुदर्शन सिंह धामी र भारतको तर्फवाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिंह भट्टको सयुक्त टोलीले सिमा स्तम्भको अध्ययन शुरु गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो । कैलालीमा ५३ वटा मुख्य सीमा स्तम्भ र २ सय २९ सहायक स्तम्भ गरी २ सय ८२ वटा सिमा स्तम्भ रहेका छन् ।