बिहे गर्न नमानेपछि बन्दक बनाउने युवा पक्राउ

Posted on: December 28, 2017 | views: 982
उदयपुर । प्रेमिकालाई बन्दक बनाएको आरोपमा बिहिवार उदयपुरमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाटका १७ वर्षिय सरोज चौधरी रहेको छ । उनले ट्यूसन बढ्न हिडेकी प्रेमिकालाई जवरजस्ति आफ्नो घरमा लगेर बन्दक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको अनुसार दुई बर्षदेखि एकअर्का बिच प्रेम गर्दै आएका उनिहरुले बिहे गर्ने प्रसङ्गमा प्रमिकाले अस्वीकार गरेपछि चौधरीले बन्दक बनाएको थियो । “कोठामा बन्दक बनाएको भन्दै जानकारी आयो” प्रहरी निरीक्षक देबिप्रसाद फागुले भने “आफुसंग बिहे नगरे मरिदिन्छु भन्दै चौधरीले हात रेटिरहेको अवस्थामा पक्राउ गरियो” । फागुका अनुसार बन्दक भएको युवतीलाई स्कुल ड्रेसमा भेटिएको थियो । यसै बिषयलाई लिएर प्रहरीमा छलफल भईरहेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक उमा गुरुङले बताए । गुरुङको अनुसार अहिले उनिहरु बिच भएको बिवाद समन्धि दुबैको अबिभावकलाई झिकाएर छलफल भईरहेको छ ।