सुर्खेतको वीरेन्द्रनगरमा भएको आगलागी नियन्त्रणमा

Posted on: December 23, 2017 | views: 2056
सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको मंगलगढी चोकमा भएको आगलागी नियन्त्रणमा आएको छ । वीरेन्द्रनगर बसपार्क नजिकै रहेका फेन्सी पसलहरुमा शुक्रबार राती पौने दश बजे लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट झण्डै आधा दर्जन फेन्सी पसलसँगै तरकारी, मण्डी र एउटा खाजा पसल पूर्ण रुपमा क्षति भएका छन् । आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, स्थानीय पानी ट्यांकर, डोजर प्रयोग गरिएको थियो । आगलागीको कारण नखुलेपनि विद्युत सर्ट भएको हुन सक्ने प्रहरीको आशंका छ ।