क्षेत्रीय सहयोग र आर्थिक एकीकरणमा राजदूत शाम्सको जोड

Posted on: December 23, 2017 | views: 982
काठमाडौँ । नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले बंगलादेश र नेपालबीच व्यापार अभिवृद्धिका साथै क्षेत्रीय सहयोग र आर्थिक एकीकरण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद् र काठमाडौंस्थित बंगलादेशी राजदूतावासद्वारा संयुक्त रुपमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले द्विपक्षीय व्यापार विस्तारलाई बंगलादेश र नेपालले विशेष महत्व दिनुपर्ने बताउनुभयो । बंगलादेश र नेपालबीच जल, स्थल र हवाईमार्गबाट एकअर्कालाई जोड्नुपर्ने उहाँले बताउनुभयो । बंगलादेश अन्तर्राष्ट्रिय एवं रणनीतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष मुन्सी फैज अहमदले एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई क्रियाशील तुल्याउनुपर्नेमा जोड दिनुभयो ।