सुपर ग्याँस उद्योगमा आगलागीमा परि घाइते नेपालको उपचारको क्रममा मृत्यु

Posted on: December 22, 2017 | views: 2124
बीरगंज । वीरगञ्जको सुखचैना स्थित सुपर ग्यास उद्योगमा बुधबार विहान भएको आगलागी परी थप एक जनाको आज उपचारको क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेको छ । उद्योगमा लागेको आगो निभाउन जाँदा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाललाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर गरेर बर्न सेन्टर कीर्तिपुरमा लगिएको थियो । उपचारको क्रममा नेपालको त्यहीँ मृत्यु भएको वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले बताउनुभयो । वीरगञ्जको सुपर ग्यास उद्योग आगलागी नियन्त्रणमा संलग्न वीरगंज वारुण यन्त्रमा कार्यरत सर्लाहीका यादव अधिकारी, तनहुँका मधुसुदन मिश्रको बुधबार घटनास्थलमै निधन भएको थियो । अर्का घाइते अरुण महतोको गम्भिर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ ।