रवि लामिछानेको पहलमा सप्तरी तिलाठी कोइलाडीका मुसहर समुदायका लागि आवास बन्दै

Posted on: December 19, 2017 | views: 2746

सप्तरी ।

सिधाकुरा जनतासँग कार्यक्रम सञ्चालक लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेको पहलमा सप्तरी तिलाठी कोइलाडीका मुसहर समुदायका लागि सुविधासम्पन्न आवास बन्ने भएको छ ।


सोमबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको एक समारोह बिच शिलान्यास गरेका छन ।



न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।


दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ ।



करिब तीन लाख ५० हजार रुपैयाँको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।  शिलान्यास कार्यक्रममा लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगका सञ्चालक रवि लामिछानेको पनि उपस्थिति रहेको थियो ।