फोहर ब्यबस्थापन गर्न टोलफ्री नम्वर चलाईने

Posted on: December 17, 2017 | views: 1090
बाजुरा । बडिमलिका नगरपालिकको फोहर ब्यबस्थापन गर्न बडिमामालिका नगरपालिकाले टोल फ्रीरी नम्वर चलाउने भएको छ । सदरमुकम मार्तडीको फोहरजन्य बस्तुको डुंगुर बन्न थाले पछि नगरपालिककाले विभिन्न जुक्ती निकाल्न थालेको हो । जस्को घरआंगनमा फोहर हुन्छ देख्ने ले टोलफ्रीनंम्वरमा फोन गर्छ नगरपालिकाले प्रहरीको सहयोगमा कानुनी कारवाही अगाडी बडाउने बताइएको छ । अबका केही हप्तामा मेयर उपमेयरको हातमा टोलफ्रि नम्वर हुन्छ तपाईले फोनगरी सूचना दिन सक्नुहुन्छ मेयर बडुवालले भन्नुुभयो । “नगरपालिकाको ग्रामीण क्षेत्र भन्दापनि बजारक्षेत्र फोहर बडेपछि नग।पालिकाले प्रत्यक हप्तामा बजार सरसफार्ई कार्यक्रम राखेका हौं , सेना प्रहरी आएर सफागरिदिन्छन् स्थानीयको त्यति सहयोग पाएको छैन काति सम्झाएंं मान्दैनन् ”नगरप्रमुख बडुवालले बताउनु भएको छ । बिभिन्न कानुनी उपाय निकालिन्छ कानुन नमान्नेलाई कारवाही गरिन्छ मेयर बडुवालले भन्नुभयो । “ हामी सबैको एउटैरहर पूर्ण सरसफार्ययुक्त बाजुराका गाउँसहर” भन्ने नाराका साथ जिल्ला स्थित गैर्ह सरकारी संस्था युएन हेबिटेट, किडाक र पिसवीनले पुर्ण सरसफाईका लागि फोहर मैला ब्यबस्थापन सम्बन्धी गाृेष्ठी आईतवार (आजदिउसो ) दिउसो सदरमुकाम मार्तडीको श्रोतकेन्द्र भवनमा सचालन गरेका थिए । गोष्ठीमा विशेष गरी होटेल बाट निस्कीने फोरहर जन्य पदार्थ र रक्सीका सिसा ले मार्तडी बजार दुुरगन्धित बनाएको र अप्रयाप्त खानेपानी । स्थानीय भ्नदापनी सरकारी गैरसरकारी सरोकावालाकै कायाृलय परिसर बढिफोहर देखिएको वताइएको छ । देखिन्छ । सरसफार्ई गुरुयोजना २०६८ अनुसार ः पुर्ण सरसफार्यका लागि सेवा ,स्वच्छता र बानीब्यबहारमा परिवर्तन गर्न सके मात्र पूर्ण सरसफाईले लक्ष प्राप्त गर्ने युएनह्विटेटका जिल्ला संयोजक भरतकेशीले वताउनुुभएको छ । अभिमुखिकरण गोष्टीमाबडिमालिका नगरपालिककाकी उपप्रमुख काविता विष्टले मार्तडी सरफाईका लागि अवदेखि मंगलवार, विहिवार र सनिवार हप्ताको तिन दिन टिप्पर सेवा सञ्चालन गर्ने र बृहत खानेपानीको तत्काल ब्यबस्थापनका लागि अल्पकालिन र दीर्घकालिन योजना ल्याउने बताईन् । किडाकका कार्यक्रम अधिकृत मोहन जैशीले सदरमुकाम मार्तडीको फोटोफिचर देखाउनुहुंदै सदरमुकामको दयनीय सरसफाईलार्ई कसरी सुन्दर मार्तडी वनाउने भन्नेमा अभिप्रेरित गराउनुुभएको थियो । उद्योगवाणिज्यसंघ बजार ब्यबस्थापन , सम्बद्ध सरकारी गैर सरकारी संस्घसस्थाका प्रतिनीधिको उपस्थितीमा फोर संकलन गर्न टिप्पर परिचालन र सरकारी गैरसरकारी संघसंस्थाले आफ्नो कार्यलय परिसरभित्र आफैले सरसफार्ई गर्नु प्रतिवद्धता जाहेर गरेका छन् ।