करेन्ट लागेर एकको मृत्यु

Posted on: December 17, 2017 | views: 7935

बीरगंज ।

पर्साको जितपुरमा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिराभवानी गाउपालिका ३ जितपुर निवासी ४२ वर्षिया भुलाई महरा चमारको हाइटेन्सन तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । 

गहु खेतमा  सिंचाई गर्ने क्रममा कुलो खनिरहेका महराको हाइटेन्सन तार सर्ट भई करेन्ट लागेको  प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाइते भएका चमारलाई उपचारका लागि वीरगज ल्याउने क्रममा विच बाटोमै मृत्यु भएको थियो । 

मृतकको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको छ ।