काठमाडौं ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ ।
पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।
अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक पारिश्रमिक कम्तीमा रु एक लाखसहित अन्य सुविधा भएको भनी प्रलोभन देखाई विसं २०७३ असार ११ गते इराक लैजाने भनी पीडितलाई भारतको नयाँदिल्ली पु¥याई दलालको जिम्मा लगाएको थियो ।