दाङमा १ सय ३० वटा मानब अधिकार उल्लंघनका घटना

Posted on: December 16, 2017 | views: 684
दाङ । अनौपचारीक सेवा केन्द्र इन्सेकले दाङमा मानब अधिकारको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । इन्सेकले घोराहीमा आयोजना गरेको मानबअधिकार बर्ष पुस्तक २०१७ को समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो । बितेको १ बर्षमा दाङमा १ सय ३० वटा मानब अधिकार उल्लंघनका घटनाहरु भएको मानबअधिकार बर्ष पुस्तक २०१७ मा समेटिएको छ । यसबर्ष दाङमा गैर राज्यपक्षबाट १ सय ९ वटा राज्य पक्षबाट १३ वटा र अज्ञात समूह बाट ८ वटा मानब अधिकार उल्लंघनका घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा समेटिएको छ । यस बर्ष सबैभन्दा धेरै घरेलु हिंसाका ४९ वटा र बलात्कार तथा बलात्कार प्रयासका ३१, हत्याका ४, बोक्सीको आरोप १, घर निकाला २, गालिबेज्जती १,दुब्र्यबहार ४, अवहेलना १, गैरकानुनी हिरासत ३ र अन्य ३० रहेको इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा समेटिएको छ ।