दाङमा प्लासटीक प्रयोगमा रोक

Posted on: December 16, 2017 | views: 2445
दाङ । दाङको लमही नगरपालिकाले आज पुस १ गते देखी प्लास्टीकका गिलास, चम्चा, पोलिथिन तथा प्लेटको प्रयोगमा रोक लगाएको छ । लमही नगरपालिकालाई बातावरणीय सरसफाइमा उत्कृट बनाउनका लागि यस्तो निर्णय गरेको नगरपालिकाका प्रबक्ता बिमबहादुर केसीले जानकारी दिनु भयो । नगरपालिकाको कार्यपालिका बैठकले केही दिन अघि यस्तो निर्णय गरेको थियो । लमही नगरपालिकाका सबै वडाहरुमा यस प्रकारको निर्णय लागु गर्ने र पुर्ण सरसफाइयुक्त नगरपालिका बनाउने अभियान थालिएको उहाँले बताउनु भयो । यसको कार्यान्वयनका लागि राजमार्ग तथा सबै वडाका बस्तीस्तरमा अभिमुखीकरण कार्याक्रम संचालन गर्ने निर्णयपनि नगरपालिकाको बैठकले गरेको छ ।