काठमाडौँ महानगरपालीका दिवस

Posted on: December 15, 2017 | views: 2072

काठमाडौँ 

काठमाडौँ महानगरपालिका घोषणा भएको  २३ औँ वर्षको अवसरमा आज विशेष कार्यक्रम गरी महानगर दिवस मनाइएको  छ  । 

आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका  प्रमुख विद्यासुन्दर शाक्यले महानगरको  विकास र समृद्घिका लागि नागरिकको सहभागिता प्रमुख आवश्यकता भएको बताउनुभयो । 

महानगर प्रमुख शाक्ले काठमाडौँ महानगरसँगै उपत्यकको जिवन्तताका लागि आफूले नेतृत्व गर्ने बताउनुभयो । 

महानगरपालिकाका उप्रमुख हरीप्रभा खड्गीले स्थानीय तहको निर्माणसँगै अव्यवस्थित सहरीकरणको  नियन्त्रण भई काठमाडौँ महानगर पुनः स्वच्छ, सफा र समृद्ध हुने  बताउनभयो । 

कार्यक्रममा विद्युतीय नक्सापास प्रणालीमा ५ जना डिजाईनहरुलाई ए वि पि स ईलोक्टा«ेनिक विल्डिङ प्रमिट सिस्टमको साँचो हस्तानतरण गरिएको थियो ।