वैदेशिक रोजगारी व्यावसायलाई व्यवस्थित गर्न माग

Posted on: December 14, 2017 | views: 1915
काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन । आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले नेपाली युवाहरुको वैदेशिक रोजगारप्रति आकर्षण बढेकाले त्यसलाई व्यवस्थित र सुरक्षित गर्न सरकारसँग माग गरेका हुन । श्रम सम्झौता नगरीकनै विदेश जाने र समस्यामा पर्ने, काम अनुसारको पारिश्रमिक नपाउने तथा अति जोखिमयुक्त काममा नेपाली युवा जाने र ठगिने बढेकोले यसलाई बेलैमा व्यवस्थित नगरे ठुलो समस्या आउने उनीहरुले बताएका छन । आप्रवासी कामदारको रुपमा हाल भारत बाहेकका देशमा ५० लाख नेपाली युवाहरु रहेको बताइन्छ । भनेजस्तो काम नपाएपछि र पारिश्रमिक नपाएर फर्किएपछि उजुरी गर्नेको संख्या वार्षिक २ हजार भन्दा बढी रहेको कार्यक्रममा जानकारी दिइयो ।