उपराष्ट्रपतिबाट शैक्षिक महोत्सवको उद्घाटन

Posted on: December 14, 2017 | views: 915
नेपालगञ्ज । उपराष्ट्रपति नन्द बहादुर पुनले आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आज नेपालगन्जमा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति पुनले पठन संस्कृति बढाउन र नेपालगञ्जलाई शैक्षिक हबका रुपमा विकास गर्न महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्जको सडक डिभिजन कार्यालय परिसरमा सुरु भएको महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।