स्याङ्गजा–१ मा एमालेका नारायणप्रसाद मरासिनी विजयी

Posted on: December 12, 2017 | views: 565
स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्बाचन अन्तर्गत स्याङ्गजा क्षेत्र नम्बर १ मा नेकपा एमालेका नारायणप्रसाद मरासिनी विजयी हुनु भएको छ । मरासिनीले ३९ हजार २ सय २६ मत गरी विजयी हुनु भएको मुख्य निर्बाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गर्नुभयो ।