सर्लाही–४ मा काँग्रेस विजयी

Posted on: December 12, 2017 | views: 355
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ प्रतिनिधिसभा क्षेत्रबाट नेपाली काँग्रेसका अमरेशकुमार सिंह विजयी हुनुभएको छ । काँग्रेस नेता सिंह २९ हजार ६ सय ७५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका राकेश मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गर्नुभयो ।