धनकुटामा सुर्यबहादुर पुत्र सुनिलबहादूर थापा पराजय नजिक, बाम उम्मेद्धार राई ५ हजार मतले अघि

Posted on: December 09, 2017 | views: 6150
धनकुटा । पछिल्लो मतपरिमाण अनुसार प्रतिनिधिसभा निर्वाचन तर्फ धनकुटामा बामगठवन्धनका एमाले उम्मेदवार राजेन्द्र राईले २५ हजार ३ सय ७ मत प्राप्त गरि अग्रस्थानमा रहनु भएको छ । राईलाई उद्योग मन्त्री समेत रहनुभएका लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सुनिलवहादुर थापाले १६ हजार ४ सय ४३ मत सहित पछ्र्यारहनुभएको छ । यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र क तर्फ बामगठवन्धनका एमाले उम्मेदवार निरन राईले १६ हजार १ सय २६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनका नेपाली काग्रेसका उम्मेदवार मनोहर नारायण श्रेष्ठले ११ हजार ७ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले वताउनुभयो त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख तर्फ बामगठवन्धनका एमाले उम्मेदवार ईन्द्रमणि पराजुली १८ हजार १ सय ८३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनका संघिय समाजवादी फोरमका अर्जुन थापाले ७ हजार ३ सय ६७ मत प्राप्त गर्नुभएको छ ।