पर्सामा बाम गठबन्धन फिक्का, फोरमको ३ स्थान र कांग्रेसको १ स्थानमा अग्रता

Posted on: December 09, 2017 | views: 9363
बीरगञ्ज । पर्सा जिल्लाको ४ क्षेत्रको प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ , ३ र ४ मा फोरम राजपा गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन्भने क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेद्धवारले अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार क्षेत्र नम्बर १ मा फोरम राजपा गठबन्धनका प्रदिप यादवले ५ हजार ८१ मत प्राप्तगरी अग्रस्थानमा रहनुभएको छ भने । दोस्रो स्थानमा नेपाली कांग्रेसका अनिल रुंगटाले ४ हजार ४ सय ९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी तेस्रो स्थानमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विचारी यादवले १ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएको छ । यता पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय चौरसियाले २ हजार ८ सय ४३ मत प्राप्त गरि अग्र स्थानमा हुनु हुन्छ भने त्यसैगरी फोरम राजपा गठबन्धनका विमल श्रीवास्तवले १ हजार ९ सय ६५ मत प्राप्त गर्नु भएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सलिम मन्सुरले १ हजार ६ सय ३८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ मा राजपा फोरम गठबन्धनका हरिनारायण रौनियारले १ हजार १ सय ५४ मत प्राप्त गरि अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका सुरेन्द्र चौधरीले ८ सय ७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी तेस्रो स्थानमा रहनु भएका नेपाल संघिय समाजवादी पार्टीका राजकुमार यादवले ७ सय ५४ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी क्षेत्र नम्बर ४ मा फोरम राजपा गठबन्धनका लक्ष्मणलाल कर्णले २ हजार ७ सय १८ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका रमेश रिजालले ८ सय ९७ मत प्राप्त गर्नु भएको छ । तेश्रो स्थानमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले ५ सय ९८ मत प्राप्त गर्नु भएको छ ।