कपिलवस्तुमा एक क्षेत्रमा काँग्रेस, दुई क्षेत्रमा बाम अगाडी

Posted on: December 09, 2017 | views: 5677

तौलिहवा ।

कपिलवस्तु प्रतिनिधिसभा १ मा नेकपा (माओबादी केन्द्र) का चक्रपाणी खनाल ‘बलदेव’ ले आफ्नो शुरुवाती अग्रता कायमै राखेका छन । उनी कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्याय भन्दा ५ सय १६ मतका साथ अगाडी छन । बामगठबन्धनका खनालले ७४५८ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले ६९४२ मत प्राप्त गरेका छन ।

प्रतिनिधिसभा २ मा एमालेका बृजेश कुमार गुप्ता अग्रस्थानमा रहेका छन । मतगणना देखिनै शुरुवाती अग्रता पाएका गुप्ता कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्य भन्दा १ हजार ७ सय ६५ मतले अगाडी रहेका हुन । एमालेका गुप्ताले ८०७४ मत प्राप्त गरेका छन भने कांग्रेस उम्मेदवार आचार्यले ६३०९ मत ल्याएका छन ।

प्रतिनिधिसभा ३ मा कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहले शुरुवाती चरण देखिनै आफ्नो अग्रता कायमै राखेका छन । कांग्रेसका शाहले एमालेका ईश्वर दयाल मिश्रलाई १ हजार ७ सय ५९ मतले पछाडी पारेका छन । शाहले हाल सम्म ५९४२ मत प्राप्त गरेका छन भने एमालेका मिश्राले ४१८३ मत पाएका छन । यि दुवै उम्मेदवारलाई संघिय समाजबादी फोरम नेपालका मंगल प्रसाद गुप्ताले ३६२० मत पाएर पछ्याइरहेका छन ।

जिल्लाका ६ ओटा प्रदेशसभा तर्फपनि बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन । प्रतिनिधिसभा १ ‘१’ मा एमालेका विष्णु पंथीले ४४६६ मतको साथ अग्रस्थानमा छन भने कांग्रेसका पुर्ण प्रसाद चौधरीले ३५४६ मत ल्याई पछ्याइरहेका छन । प्रदेशसभा २ मा राजपा नेपालका मधुसुदन शरण चौधरी १६१९ मतको साथ झिनो मतले संघिय समाजबादी फोरम नेपालका सहसराम यादवलाई उछिनेका छन । फोरमका यादवले १६१४ मत पाएका छन । 

प्रतिनिधिसभा २ को ‘१’ मा एमालेका दीर्घनारायण पाण्डे ४६७४ मत ल्याएर अग्रता लिइरहेका छन । उनका निकटतम प्रतिद्धन्द्धि कांग्रेसका जवाहिर चौधरीले ४५०४ मत पाएका छन । 

प्रदेशसभा २ मा कांग्रेसका सुधाकर पाण्डेयले २८६३ मत ल्याएर अग्रतका छन भने उनलाई एमालेका धमेन्द्र बहादुरलाल श्रीवास्तवले २६७६ मत ल्याई पछ्याइरहेका छन । 

प्रतिनिधिसभा ३ को ‘१’ मा बामगठबन्धनका अर्जुन केसीले ३४८७ मत ल्याई अग्रता कायम गरेका छन भने कांग्रेसका अजय थापाले १५८८ मत प्राप्त गरेका छन । प्रदेशसभा २ मा माओबादी केन्द्र जावेद खाँले २७७३ मत ल्याएर अग्रता पाएका छन भने कांग्रेसका विरेन्द्र कानोडियाले २४९५ मत पाएका छन । 

जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता मध्ये विहिबार भएको निर्वाचनमा ७३ दशमलव ७९ प्रतिशत मतदान भएको छ ।