इलाममा बाम गठबन्धनको अग्रता

Posted on: December 09, 2017 | views: 1179
इलाम । इलाममा सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । बाम गठबन्धनका उम्मेद्धारहरु धेरै मतका साथ अग्रस्थानमा रहेका छन् । इलाम क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेद्धार एमाले बरिष्ठ नेता झलनाथ खनालले ९९६० मत ल्याउदै अग्रता कायम राख्नु भएको छ । खनालललाई पछ्याई रहेका नेपाली काग्रँेसका भुपेन्द्र कटटेलले ५७५९ मत ल्याउनु भएको छ । खनालको अग्रता कटटेल भन्दा ४२०१ अघि रहनुभएको छ ् । इलाम क्षेत्र नम्बर दुईमा बाम गठबन्धनका उम्मेद्धार एमाले नेता पुर्वसभामुख सुभाष चन्द्र नेम्वाङ को ७८९५ रहेको छ भने नेपाली काग्रेँसका केशव थापाको ५५५६ मत रहेको छ । नेम्वाङको अग्रता २३३९ पुगेको छ । यता इलाममा बिहान ४ बजे बाट स्थति भएको मत गणना केहिबेरमा सुरु हुदै छ । दलिय सहमतिमा आराम गर्ने भन्दै मतगणना स्थगित गरिएको हो । क्षेत्र नम्बर १ प्रदेश ९ क० खिनु लिम्वु ९एमाले० ४७९८ देवेन्द्र राई ९नेका० २८७८ क्षेत्र नम्बर १ प्रदेश ९ख० काजीमान कागते ९ एमाले० ६६७७ दुर्गा वराल ९नेका० ३३३७ क्षेत्र नम्बर २ प्रदेश ९क० राम राना ९एमाले० ५००४ डम्वर खड्का ९नेका० ४०२२ क्षेत्र नम्बर २ प्रदेश ९ख० धिरेन्द्र शर्मा रमण ९माओबादी केन्द्र० ४१४४ खगेन्द्र देवान ९नेका० २८४६