जाजरकोटमा मतान्तर बढाउँदै बाम उम्मेदवार, ताजा मतपरिणाम

Posted on: December 08, 2017 | views: 4797
जाजरकोट । प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेद्वार शक्तिबहादुर बस्नेत प्रतिद्वन्द्वी का“ग्रेसका राजिव विक्रम शाह भन्दा ४ हजार मतले अगाडि छन् । प्रदेशसभा (क) मा गठबन्धनकै गणेश प्रसाद सिंहले २ हजार ७ सय मतले का“ग्रेसका बेदराज सिंहलाई अग्रता दिएका छन् । त्यस्तै प्रदेश (ख) मा पनि बामगठबन्धनका करबीर शाहीले का“ग्रेसका दीपकजंग शाहलाई ४ हजार मतले पछाडि पारेका छन् । मतगणनाको सुरुदेखि नै बाम उम्मेदवारले का“ग्रेसका उम्मेदवार भन्दा अग्रता लिएका हुन् । मतगणनाको शुरु÷शुरुमा ३÷४ सय मतले अग्रता पाएका बाम उम्मेदवार पछिल्लो परिणाम आउदा मतान्तर पराकिलो बनाउदै गएका हुन् । प्रतिनिधिसभाका लागि माओबादीका शक्तिबहादुर बस्नेतले १२ हजार ५६ मत प्राप्त गरेका छन् । का“ग्रेसका राजिव विक्रम शाहले ७ हजार ९ सय मत पाएका छन् । प्रदेशसभा (क) तर्फ माओबादीका गणेश प्रसाद सिंहले ११ हजार ५ सय ३६, का“ग्रेसका बेदराज सिंहले ८ हजार ३ सय ४१ मत पाएका छन् । त्यस्तै प्रदेश (ख) तर्फ एमालेका करबीर शाहीले १३ हजार ४ सय ३२ र का“ग्रेसका दीपकजंग शाहले ९ हजार १ सय ४७ मत प्राप्त गरेका छन् । जाजरकोटमा ३० घण्टाको अवधीमा प्रतिनिधी सभा तर्फ २३ हजार मत गणना सकीएको छ । त्यस्तै प्रदेशसभा ‘क’ मा २१ हजार र ‘ख’ मा २५ हजार मत गणना भएको छ । प्रदेश सभा ‘ख’ को अन्तिम मतपरिणाम भने राति १०÷११ बजेसम्म आईपुग्ने मुख्य निर्वाचन अधिकृत देब कुमार गिरीले बताउनु भयो । मतगणना विहीवार सा“झ ५ बजेदेखि सुरु भएको थियोे । स्थानीय निर्वाचनको तुलनामा यसपटक बदरमतको संख्या बृद्धी भएको छ । प्रतिनिधी सभा तर्फ १ हजार ३ सय, प्रदेश सभा क मा १ हजा २ सय र प्रदेश सभा ख मा १ हजार ८ सय मत बदर भएको छ । मतगणना स्थलमा गणनास्थल देखि १ सय ५० मीटर टाढा दलहरुका कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि गत मंसीर १० गते भएको निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनमा यहा“का ८४ हजार मतदाता मध्ये ६० हजार ९ सयले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ ३२ हजार ६ सयले र ‘ख’ मा २८ हजारले मतदान गरेका थिए ।