पाल्पाको पहिलो मत परिणाम सार्वजनिक, काँग्रेसको अग्रता

Posted on: December 08, 2017 | views: 427
पाल्पा । पाल्पाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पाल्पा क्षेत्र नम्बर १ को ११ सय ६० मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणम अनुसार नेपाली काँग्रेसका क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय घिमिरेले ६ सय २८ मत ल्याउनुभएको छ । वाम गठबन्धनका उम्मेद्वार दलबहादुर रानाले ५ सय १६ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर १ को प्रदेश सभा ९क० मा नेपाली काँग्रेसका उम्मेदवार देवराज ढकालले २ सय ८० मत र वाम गठबन्धनका उम्मेद्वार युवराज खनालले २ सय १६ मत ल्याउनुभएको छ । त्यस्तै तानसेन– १ को मतगणना हुँदा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा वाम गठबन्धनले अग्रता लिएको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सोम प्रसाद पाण्डेले १५ सय ७१ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले ७ सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रदेश सभा २ को ९ख०मा वाम गठबन्धनका उम्मेदवार तुलाराम घर्ति मगरले ११ सय १३ र नेपाली काँग्रेसका रामबहादुर कार्कीले ५ सय ३६ मत प्राप्त गर्नुभएको छ । १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा ६७।८८ प्रतिशत मत खसेको थियो ।