पर्वतमा गणना शुरु, वागलुङमा बाम गठबन्धनको अग्रता

Posted on: December 08, 2017 | views: 677
पर्वत । पर्वतको मतगणना भर्खरमात्रै शुरु भएको छ । दिउँसो १ वजे गर्ने भनेको मतगणना अहिले साँझ ५ वजेवाट मात्रै गणना शुरु भएको हो । पर्वतमा कुल मतदाता १ लाख ७ हजार ३ सय मध्ये ६९ हजार ८ सय ९५ मत खसेको छ । एक प्रतिनिधी सभा र दुई प्रदेशसभा रहेको पर्वतमा वाम र लोकतान्त्रिक गठवन्धन चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधी सभामा काँग्रेसको तर्फवाट अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी चुनावी मैदानमा रहेका छन् । जोशी तिन पटक लगातार चुनाव जितेका उम्मेदवार हुनुहुन्छ गिरी एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ । प्रदेशसभा क मा काँग्रेसका नवराज गुरुङ र माओबादी केन्द्रका नेत्रनाथ अधिकारी रहनुभएको छ । प्रदेशसभा ख मा काँग्रेसका राजेन्द्रप्रसाद तिवारी र एमालेका विकास लम्साल चुनावी मैदानमा रहेका छन् । बागलुङ प्रतिनिधी सभा क्षेत्र नं १ एमाले (सुर्य पाठक) — १९४०२ काग्रेस (चम्पादेवी खड्का) —१२०५४ प्रदेश सभा क्षेत्र नं १ को (क) एमाले( इन्द्रलाल सापकोटा) —८६८९ दिपेन्द्र थापा(नेपाली काग्रेस) —५९७३ प्रदेश सभा क्षेत्र नं १(ख) (राजमो) कृष्ण थापा— ९५७७ काग्रेस(प्रकाश शर्मा पौडेल)—५६१३ प्रतिनिधी सभा क्षेत्र नं २ नेकपा माओबादी केन्द्र (देवेन्द्र पौडेल)— १४८६२ काग्रेस (नरबहादुर पुन निरज)—११४७५ प्रदेश सभा क्षेत्र नं २ (क) काँग्रेस (मञ्जेशबम मल्ल) —७४१६ माओबादी (चन्द्र बुढा मगर) ७८६८ प्रदेश सभा क्षेत्र नं २ को (ख) राजमो(टेकबहादुर घर्ती)— ८७९३ काग्रेस(जित शेरचन)— ६४७१