ताप्लेजुङमा बाम गठबन्धनको अग्रता कायमै, ताजा मतपरिणाम

Posted on: December 08, 2017 | views: 908
ताप्लेजुङ । मतगणना सुरुवात चरण देखि नै अग्रस्थामा देखिएको बम गठबन्धका उम्मेद्धारहरु अहिले पनि अग्रस्थानमा रहेका छन् । एक प्रतिनिधि तथा दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेका जिल्लामा पछिल्लो मतपरिणाम अनुसार पांच बजे सम्ममा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार एमालेका सचिव समेत रहेका योगेशकुमार भट्टराईले अग्रता कार्यमै छ । भट्टराईले अहिले सम्ममा १७ हजार ४ सय २३ मत प्राप्त गर्नु भएको छ । भट्टराई नेपाली कांग्रेसका उम्मेद्धार केशव प्रसाद दाहाल भन्दा ६ हजार ६ सय ३९ मतले अग्रता लिनुभएको छ । नेपाली काग्र्र काँग्रेसका उम्मेदवार केशबप्रसाद दाहालले १० हजार ७ सय ८४ मत प्राप्त गर्नुभएको छ । उता, योगेश भट्टराईले सामाजीक संजालहरुले विजयी भएको भनि गलत प्रसाचार भएको हुनाले फोनमा धेरैले बधादाईका स्वारहरु आएको बताउनुभयो । यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. (क) मा वामगठबन्धनका साझा उम्मेदवार एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले ८ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् । भने लोकतान्त्रिक गठबन्धनतर्फ कांग्रेसकी जिल्ला सभापति लीलादेवी बोखिमले ६ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । प्रदेशसभा (ख) मा वाम गठबन्धनका साझा उम्मेदवार माओबादी केन्द्रका टंक आङ्बुहाङले ८ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् । ख मै कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले ५ हजार ४ सय १६ मत प्राप्त गरेका छन् । ताप्लेजुङमा कुल ५१ हजार ७४३ मत खसेको छ भने प्रदेशसभाका लागि क्षेत्र नं. क मा २९ हजार १६ र ख मा २२ हजार ७२७ मत खसेको छ ।